माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरेकाे प्रचण्डकाे दाबी
काठमाडौं, फागुन २९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरूले माओवादी केन्द्रलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र गरिरहेको दाबी गरेका...
काठमाडौं, फागुन २९ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरूले माओवादी केन्द्रलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र गरिरहेको दाबी गरेका छन्।
आज (आइतबार) विराटनगरमा आयोजित पार्टीको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रममा उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जितेर माओवादी केन्द्रलाई सिध्याउने षड्यन्त्रलाई असफल पार्नुपर्नेमा जोड दिए।
चुनावको ‘ब्याटल’ जितिएन भने माओवादी केन्द्र र उम्मेदवारले मात्र नभएर नेपाल राष्ट्र, जनक्रान्तिका उपलब्धि र समावेशी–समानुपातिक लोकतन्त्रले हार्ने उनको भनाइ थियो।
२०७४ सालको निर्वाचनपछि कांग्रेस र मधेस केन्द्रित दलले पाँच वर्ष एकलौटी प्रधानमन्त्री बन्न बारम्बार आग्रह गर्दा पनि वाम गठबन्धनप्रति इमान्दार भएर केपी ओलीलाई प्रधानमन्त्री बनाए स्मरण गर्दै उनले चार वर्ष नपुग्दै पटकपटक बुढानीलकण्ठ गएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आएको बताए।











