स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला : प्रधानमन्त्री देउवा
काठमाडाैं, फागुन २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन्।आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९औं वार्षिकोत्सव समारोहलाई...
काठमाडाैं, फागुन २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई स्थानीय सरकार भन्न कुनै आपत्ति नरहेको बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल नगरपालिका संघको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहभन्दा आपत्ति भए स्थानीय सरकार बनाउन सकिने तर यसका लागि दलीय सहमति भने जुट्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको भन्दै शब्दमा आपत्ति जनाउन नहुने धारणा राखे। त्यस्तै उनले मुलुक र जनतालाई केन्द्रबिन्दुमा राखेर जनप्रतिनिधिहरुले सेवा प्रवाहमा ध्यान दिनुपर्ने उल्लेख गरे।
स्थानीय तहको विकास निर्माणका साथै नीति निर्माण र कार्यान्वयनमा जनतालाई प्रत्यक्ष सहभागी गराउनुपर्नेमा उनले जोड दिए। प्रधानमन्त्री देउवाले देशभरका नगरलाई व्यवस्थित, विकसित र स्वच्छ बनाउन नगरपालिकाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेका थिए।











