महाभियोग पारित हुन्छ, एमालेको पनि सहयोग रहन्छ : खनाल

काठमाडाैं, फागुन २९ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एकमतले महाभियोगको प्रस्ताव पारित हुने र यसमा एमालेको पनि सहयोग हुने बताए।
आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘महाभियोग जुन ढंगले लगाइएको छ, जुनजुन कारण अगाडि सारिएका छन्, तिनै कारणहरूकै कारणले पनि महाभियोग पारित हुन्छ,’ उनले भने, ‘त्यसको विपक्षमा कोही उभिन्छ भन्ने मलाई लाग्दैन।’
उनले अगाडि भने, ‘एमालेको सहयोगले समेत यो पेस भइसकेको छ। संसद अवरोधको कुरा एमालेले के गर्ला तर महाभियोगलाई असहयोग नहोला भन्ने लाग्छ।
प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमागि सदनको अर्को बैठकमा छलफल हुने तय भएको छ।
प्रकाशित मिति: १७:१५ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











