महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिएर उचित निर्णय गर्छ : नेम्वाङ
काठमाडाैं, फागुन २९ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय गर्ने बताए।आइतबार संसद भवनमा सञ्चारकर्मीसँग...
काठमाडाैं, फागुन २९ : एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाभियोगको प्रस्तावमाथि एमालेले भाग लिने र उचित निर्णय गर्ने बताए।
आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै आफुहरुले सदन अवरुद्ध गरिरहेको अवस्थामा त्यसले महाभियोगमा विषयमा समितिमा हुने छलफलमा कुनै असर नपर्ने जिकिर उनले गरे।
‘हामीले महाभियोग छानबिन समितिमा नाम दिएका छौं, समितिले पूर्णता पाएको छं,’ उनले भने, ‘महाभियोगबारे संसदमा निर्णय भएर सायद चैत २ गते समितिमा पुग्ला, त्यसपछि समितिले काम गर्ला।’
उनले समितिले काम गर्न संसद अवरोध खुलाइरहनुनपर्ने बताए। संसद अवरोध हटाउनेबारे निरन्तर छलफल भइरहेको र चाँडै टुंगोमा पुग्ने दाबी उनले गरे।
प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमागि सदनको अर्को बैठकमा छलफल हुने तय भएको छ।
प्रकाशित मिति: १७:०६ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











