Kathmandu Press

‘१८ महिने नाबालिकालाई दाजुभाइले करणी गरे, रुन थालेपछि टाउकोमा बियरको बोतलले हाने’ 

यौनांग रक्ताम्य भएको अवस्थामा फेला परेकी नाबालिकालाई परिवार र स्थानीयले विराटनगरस्थित नोबेल मेडिकल कलेज पु¥याएका थिए । उपचारका क्रममा नाबालिकाको शनिबार राति १२ बजे मृत्यु भयो । 
‘१८ महिने नाबालिकालाई दाजुभाइले करणी गरे, रुन थालेपछि टाउकोमा बियरको बोतलले हाने’ 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २९ : मोरङको सुन्दरहरैंचा नगरपालिका– ७ स्थित झाडीमा अचेत अवस्थामा फेला परेकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या प्रयास भएको खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङले नाबालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी आज (आइतबार) सार्वजनिक गरेको छ । अजय र मिथुन दाजुभाइ रहेको प्रहरीको भनाइ छ । 

मोरङका डिएसपी मञ्जिल मुकारुङका अनुसार, शुक्रबार अजय चौधरीले गाछिया खोलामा बालुवा चाल्दै गरेका आफ्ना दाजु मिथुन चौधरीलाई भेटी बलात्कारको योजना बनाएका थिए । उनीहरुले नाबालिका प्रायःजसो घरनजिकै एक्लै खेल्ने गरेको देखेका थिए । 

शुक्रबार आफूहरुले गाछिया खोलाबाट फर्केर केहीबेर केरा बगानमा बसी गाँजा सेवन गरेको प्रहरीलाई बयान दिएका छन् । गाँजा खाएपछि अजयले दाइ मिथुनलाई भने, ‘तँ यहीँ बस्दै गर्, एक्लै छ भने लिएर आउँछु ।’ आफू जाँदा नाबालिका एक्लै खेलिरहेको पाएपछि बोकेर झाडीतिर लगेको अजयले प्रहरीलाई बयान दिएका छन् । 

पक्राउ परेका अजय चौधरी र मिथुन चौधरी

प्रहरीका अनुसार, झाडीमा लगेपछि अजयले नाबालिकाको सुरुवाल खोलेर करणीको प्रयास गरेका थिए । बच्चा रुन थालेपछि उनको टाउकोमा बियरको बोतल र ढुंगा प्रहार गरे, नाबालिका अचेत भइन् । त्यसपछि अजय र मिथुन दुवैले पालैपालो करणी गरे । 

शुक्रबार साँझ हराएकी नाबालिकालाई एक घन्टापछि परिवारले घरनजिकैको झाडीमा अचेत अवस्थामा फेला पारेको थियो । यौनांग रक्ताम्य भएको अवस्थामा फेला परेकी नाबालिकालाई परिवार र स्थानीयले विराटनगरस्थित नोबेल मेडिकल कलेज पु¥याएका थिए । उपचारका क्रममा नाबालिकाको शनिबार राति १२ बजे मृत्यु भयो । 

घटनास्थलबाट रगत लागेको ढुंगा, बियरको बोतल र पीडित नाबालिकाको सुरुवाल बरामद गरी अनुसन्धान थालेको डिएसपी मुकारुङले जानकारी दिए । पक्राउ परेका अभियुक्तलाई कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्