महाभियोग प्रस्तावमा सबै दल एकमत हुने मन्त्री बडुकाे दाबी
काठमाडाैं, फागुन २९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबै दल एकमत...
काठमाडाैं, फागुन २९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले स्वतन्त्र न्यायपालिकालाई सुदृढ, शुद्धीकरण गर्ने र मर्यादित बनाउने विषयमा सबै दल एकमत हुने दाबी गरेका छन्।
आइतबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बडुले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमा संविधानसम्मत बाटोबाट निर्णय हुने र यसमा सबै दलको एकमत हुने बताएका हुन्।
उनले प्रतिनिधिसभाको नियमावलीले देखाएको प्रक्रियासम्मत ढंगले छलफलको प्रक्रिया प्रारम्भ हुने जानकारी दिए। त्यस्तै उनले महाअभियोग प्रस्तावलाई मतदान प्रक्रियामा नै नलैजाने भन्ने विषयमा आशंका नगर्न आग्रह गरे।
प्रकाशित मिति: १६:४७ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











