Kathmandu Press

युक्रेनको एलभिभमा ९ जनाको मृत्यु, ५७ घाइते

किभ, फागुन २९ : युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौजनाको मृत्यु भएको छ। रुसी सेनाले गरेको हवाई आक्रमणमा...
युक्रेनको एलभिभमा ९ जनाको मृत्यु, ५७ घाइते

किभ, फागुन २९ : युक्रेनको एलभिभ सहरमा रुसी पक्षले गरेको आक्रमणमा परी युक्रेनी पक्षका नौजनाको मृत्यु भएको छ। रुसी सेनाले गरेको हवाई आक्रमणमा परी अरु ५७ जना घाइते भएको पनि स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

एलभिभ नगरका नगर प्रमुख अन्द्रीय साडोभियले आइतबार टेलिग्राममा लेखेका छन्, 'दुर्भाग्यवस हाम्रा नौ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते भएका छन्।'

रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म लाखौं मानिस विस्थापित भएका छन्। युक्रेनी नागरिकहरूले रुसी घेराबन्दीमा परेका सहरहरूबाट सुरक्षित ठाउँमा जाने प्रयास जारी राखेका छन्। 

ठूलो आक्रमणमा परेका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास पनि भइरहेको अधिकारीहरुले जनाएका छन्। विशेष गरेर दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका हुन्।

प्रकाशित मिति: १६:२२ बजे, आइतबार, फागुन २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्