Kathmandu Press

दक्षिण नाइजेरियामा बस र ट्रक ठोक्किँदा १२ यात्रुको मृत्यु

दक्षिण नाइजेरियामा बस र ट्रक ठोक्किँदा १२ यात्रुको मृत्यु

अबुजा, फागुन २९ : नाइजेरियाको दक्षिणपश्चिम सहरमा शनिबार बिहान बस र ट्रक ठोक्किदाँ १२ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।

देशको दक्षिणी भागमा रहेको क्वारा र ओयो राज्यहरूलाई जोड्ने इलोरिन-ओग्बोमोसो सडकको छेउमा रहेको ओटे टाउननजिकै बस र ट्रक ठोक्किँदा सवारीसाधनमा भएको आगलागिमा परी अन्य छ घाइते भएका बताइएको छ।  

Hardik ivf

घटनामा १८ जनाको संलग्नता रहेको बताइएको छ। घाइते र शवलाई इलोरिनको सरकारी अस्पतालमा लगिएको छ। अधिकारीहरुले सवारी चालकहरूलाई सडक सुरक्षा नियमहरु पालना गर्न सल्लाह दिएका छन्।

घातक सडक दुर्घटनाहरू नाइजेरियामा प्रायः भएको पाइन्छ, प्रायः ओभरलोडिङ, खराब सडक अवस्था र लापरवाह ड्राइभिङको कारणले गर्दा दुर्घटना हुने गरेको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्