Kathmandu Press

एमाले संवेदनशील भए केही दिनमै विचाराधीन विधेयक पारित हुनेछन् : कानुनमन्त्री बडु

काठमाडौं, फागुन २९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल एमाले संवेदनशील भए केही दिनमै संसदमा विचाराधीन नागरिकतालगायत अन्य महत्त्वपूर्ण...
एमाले संवेदनशील भए केही दिनमै विचाराधीन विधेयक पारित हुनेछन् : कानुनमन्त्री बडु

काठमाडौं, फागुन २९ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्षी दल एमाले संवेदनशील भए केही दिनमै संसदमा विचाराधीन नागरिकतालगायत अन्य महत्त्वपूर्ण विधेयकहरु पारित हुने बताएका छन्।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यो (विधेयक) यस्तो विषय छ, जहाँ दलीय रुपले सहमति बनाएर छलफलबाट पेस गर्नुपर्छ र दलीय सहमति बनाएर निष्कर्षमा पुर्‍याउनुपर्छ,’ उनले भने, ‘हेरौं उहाँहरु (एमाले सांसद) संवेदनशील भइदिनुभयो भने केही दिनकै महत्वपूर्ण विधेयक संसदीय प्रक्रियाअनुसार पारित हुन्छ।’

जनताका समस्यासम्बन्धी विधेयक विचाराधीन रहेको स्पष्ट पार्दै उनले ती विधेयकमाथिको छलफलमा एमाले सहभागी हुनुपर्नेमा जोड दिए। 

संसदमा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:५१ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्