Kathmandu Press

चैत ७ भित्र सार्वजनिक सवारीको भाडा बढाउन यातायात व्यवसायीकाे अल्टिमेटम

काठमाडाैं, फागुन २९ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत ७ भित्र सार्वजनिक सवारीको भाडा वृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ। महासंघले आइतबार काठमाडौंमा पत्रकार...
चैत ७ भित्र सार्वजनिक सवारीको भाडा बढाउन यातायात व्यवसायीकाे अल्टिमेटम

काठमाडाैं, फागुन २९ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत ७ भित्र सार्वजनिक सवारीको भाडा वृद्धि गर्न सरकारलाई अल्टिमेटम दिएको छ। 

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत ७ गतेभित्र भाडा समायोजन गर्न सरकारलाई अनुरोध गर्ने र सरकारले भाडा बृद्धि नगरे बाध्य भएर एकपक्षिय रुपमा भाडा वृद्धि गर्ने चेतावनी दिएको हो।

महासंघले सार्वजनिक बसमा ९ प्रतिशत, ट्रकमा ११ देखि १३ प्रतिशत र पेट्रोलबाट चल्ने सवारी साधानमा ८ दशमलव ५ प्रतिशत भाडा बृद्धि गर्नुपर्ने माग राखेको छ। त्यस्तै बागमति प्रदेशमा ट्याक्सिको फ्लग डाउन रु ८० र पल्स २ सय मिटरको रु १० लाई आधार मानी भाडा समायोजन गर्नुपर्ने महासंघले जनाएको छ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष यागेन्द्रनाथ कर्माचार्यले पेट्रोलियम पदार्थ र सवारी साधानको लागतको मूल्य बढ्दा पनि भाडा समायोजना हुन नसकेको भन्दै भाडा समायोजनका लागि राज्यसंग आग्रह गरिएको जानकारी दिए।

वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई मात्र आधार मानी इन्धनमा भएको मूल्यवृद्धिको अनुपानमा भाडा समायोजन हुनुपर्ने उनको भनाइ छ। चैत ७ भित्र माग पूरा नभए बाध्य भएर आफैं भाडा समायोजन गर्न बाध्य हुने उनको भनाइ छ।

महासंघले सरकारबाट २०७८ असार २७ गते समायोजन भएको भाडादर पर्यटक सवारीको हकमा समायोजन नभएकाले वैज्ञानिक भाडा समायोजन गर्न पनि माग गरेको छ। 

प्रकाशित मिति: १५:३२ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्