Kathmandu Press

‘किभको प्रतिरक्षाका लागि युक्रेन तयार छ’

किभ, फागुन २९ :  युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको छ ।  रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा...
‘किभको प्रतिरक्षाका लागि युक्रेन तयार छ’

किभ, फागुन २९ :  युक्रेनले राजधानी किभको “अथक प्रतिरक्षा“ को लागि आइतवार तयारी गरेको छ ।  रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति वा आत्मा रुससँग नभएको बताएका छन्। 

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो ।  तर यो आइतवार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले बताएका छन्। रणनीतिक बन्दरगाह सहर मारिउपोलमा मानवीय प्रकोपको सामना गरिरहेको छ । 

त्यस क्षेत्रमारुसले गरेको आक्रमणमा परी १ हजार पाँच सय भन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि घेरिएको छ । 

यो शहरलाई युद्धबाट पाउन नसक्ने रुसीहरू भोक र निराशाले प्राप्त गर्न चाहिरहेको र  युक्रेनी सेनालाई तल ल्याउन नसक्ने हुनाले उनीहरुले सर्वसाधारणलाई निशाना बनाइएको फ्रान्सेली सैन्य स्रोतले भनेको समाचारमा जनाइएको छ  ।

‘दुर्भाग्यवश, युक्रेनमा मानवीय अवस्था द्रुत रूपमा बिग्रँदै गइरहेको छ, र केही शहरहरूमा यो विनाशकारी अनुपातमा पुगेको छ,’ रुसी राष्ट्रिय रक्षा नियन्त्रणका प्रमुखले भनेका छन्। 

प्रकाशित मिति: १५:३१ बजे, आइतबार, फागुन २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्