Kathmandu Press

जसपा केन्द्रीय समिति बैठक आजबाट काठमाडौंमा सुरु

काठमाडाैं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ।बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न...
जसपा केन्द्रीय समिति बैठक आजबाट काठमाडौंमा सुरु

काठमाडाैं, फागुन २९ : जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ।

बैठकमा स्थानीय तह निर्वाचन निर्देशिकाका साथै विभिन्न प्रतिवेदन पेस भएको छ। पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले पार्टीको निर्वाचन निर्देशिका, पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित प्रस्ताव र देशको राजनीतिक, समसामयिक परिस्थितिबारे छलफल केन्द्रीय रहेको बताए।

आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितामा बैठकमा विस्तृत रुपमा छलफल हुने उनले जानकारी दिए। बैठक सोमबारसम्म चल्ने जसपाले जनाएको छ ।

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्