Kathmandu Press

प्रधानमन्त्रीले विमोचन गरे ‘छायाँको लस्कर’

काठमाडौं, असोज १० : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा ‘छायाँको लस्कर’ सार्वजनिक गरेका छन्।

प्रधानमन....

प्रधानमन्त्रीले विमोचन गरे ‘छायाँको लस्कर’

काठमाडौं, असोज १० : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक केआर खम्बूको जीवनकथा ‘छायाँको लस्कर’ सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले खम्बूको पुस्तकले आफूलाई विगतका संगर्षशील दिनहरू सम्झना गराएको बताए।

प्राध्यापक खम्बू झापाको बामपन्थी आन्दोलनदेखि नै राजनीतिमा क्रियाशील भएका हुन्। उनले झापा आन्दोलनताका ओलीलगायतका नेताहरूसँग निकट रहेर काम गरेका थिए। पछिल्लो समय भने प्राज्ञिक क्षेत्रमा क्रियाशील छन्।

Hardik ivf

‘यो पुस्तकले मलाई आफ्नो विगतको सम्झना गरायो। यस पुस्तकले एउटा राजनीतिक आन्दोलनको कथा समेटेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो पुस्तकको नाम छायाँको लस्कर छ। यहाँ अनुहारहरूको कुरा छैन छायाँको कुरा छ। किनभने खम्बूजीको स्मृतिमा अहिले अनुहारहरू होइनन् छायाँहरू छन् र उहाँले तपाईं हामी कसैलाई पनि वा खुद उनकी जीवनसाथी शुभलक्ष्मीलाई पनि छायाँको रुपमा मात्र महसुस गर्न सक्नु हुन्छ।‘

नेत्र–ज्योति गुमेका प्राध्यापक केआर खम्बूको वर्तमान अवस्थालाई संकेत गर्दै प्रम ओली भने, ‘‘तर खम्बूजीले देख्न छोड्नु भएको छैन। उहाँको अन्तरदृष्टि खुलस्त छ।‘

कार्यक्रममा प्राध्यापक जङ्गब चौहानले लेखक खम्बूबारे जानकारी गराएका थिए। केआर खम्बू आफ्नो मन मिल्ने सहपाठी भएको उल्लेख गर्दै उनले विराटनगरमा क्याम्पस पढ्दाका दिनहरू सम्झँदै लेखक खम्बूबारे आफ्नो धारणा राखे।

प्रधानमन्त्रीबाट आफ्नो पुस्तक सार्वजनिक गराउन पाएकोमा आफू प्रफुल्ल भएको बताउदै प्राध्यापक खम्बूले किताबको रचनागर्भबारे प्रष्ट्याएका थिए।
प्रकाशन संस्था नेपालयकातर्फबाट प्रकाशकीय धारणा राख्दै भूषिता वशिष्ठले कार्यक्रम संचालनका क्रममा किताबमा रहेका रोचक उद्दरणहरू वाचन पनि गरेकी थिइन्।

नेपालय पब्लीकेसन्सले प्रकाशन गरेको ३७० पृष्ठको ‘छायाँको लस्कर’को मूल्य ५४५ रुपैँया रहेको छ।

त्यस्तै, नेपालयले कवि तथा गीतकारहरू कालीप्रसाद रिजाल, मञ्जुल र तीर्थ श्रेष्ठका पुस्तहरू यही शुक्रबार, शनिबार र आइतबार आयोजना हुने सांगीतिक कार्यक्रम पलेँटीमा सार्वजनिक गर्न लागेको छ।

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, असोज १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्