Kathmandu Press

विभिन्न क्षेत्रका युवा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडाैं, फागुन २९ : युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवालाई सम्मान गरेको छ।मन्त्रालयमा आइतबार आयोजित...
विभिन्न क्षेत्रका युवा राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडाैं, फागुन २९ : युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवालाई सम्मान गरेको छ।

मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो। यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलतातर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्जकुमार उपरकोटी, कीर्तिमानतर्फ कालिकोटका मंगल बहादुर विष्ट, कृषितर्फ चितवनका सन्तोष बोडे रहेका छन्।

त्यस्तै पशुपालनतर्फ कुशलचन्द्र अधिकारी, युवा सशक्तिकरणतर्फ लमजुङका कुसुम केसी, कृषि तर्फ सुमित्रा घिमिरे, समाजसेवातर्फ राजन गौतम, स्वंयसेवा तर्फ राज कुमारी पौडेल, अनुसन्धानतर्फ राजाराम गुरुङ, समाजसेवातर्फ अशोक शर्मा भट्ट र बिज्ञान प्रविधितर्फ खिमप्रसाद पन्थीले राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गरेका छन्।

मन्त्रालयले युवा पत्रकारिता पुरस्कार सञ्चारिका समूहका वसन्ती बास्तोला, सुदूर आवाज डटकमबाट पूर्णबहादुर खड्का, खबरकुञ्ज डटकमबाट सीताराम ओझा र नेपाल प्रेस डटकमबाट केशवबहादुर भुललाई प्रदान गरेको छ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयमन्त्री महेश्वर जंग गहतराजले युवाहरुले गरेको कामलाई प्रोत्साहन गर्न राज्यले सम्मान गर्ने नीति बनाएको बताए।

मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यबिधि २०७२ अनुसार मूल्याङ्कन भई छनौट भएका व्यक्तिलाई पुरस्कार प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति: १४:३८ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्