Kathmandu Press

महाभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

महाभियोग प्रस्ताव पेश गर्दै प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, फागुन २९ : प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पेस गरेपछि आजको बैठक स्थगित भएको हो। 

बैठकमा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव छलफलका लागि पेश गरेका छन्। प्रस्तावमाथि प्रतिनिधि सभाको अर्को बैठकमा छलफल हुने सभामुख अग्नि प्रसाद सापकोटाले जानकारी गराए। 

प्रतिनिधि सभाको अर्को बैठक चैत २ गते बुधबार दिउँसो १ बजे बस्नेछ। 

प्रकाशित मिति: १४:१४ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्