Kathmandu Press

संसद अवरोध अन्त्य गर्न एमालेलाई सभामुखको आग्रह

काठमाडाैं, फागुन २९ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सहज रूपमा चल्ने वातावरण बनाउन अनुरोध गरेका छन्। सभामुख सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरूले...
संसद अवरोध अन्त्य गर्न एमालेलाई सभामुखको आग्रह

काठमाडाैं, फागुन २९ : सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक सहज रूपमा चल्ने वातावरण बनाउन अनुरोध गरेका छन्। 

सभामुख सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरूले आफ्नो स्थानबाट उठेर गई वेल घेराउ गरी नाराबाजी गरेका थिए। त्यही अवरोधका बीचमा उनले एमाले नेता भीम रावल र नेमकिपाका नेता प्रम सुवाललाई पाँचपाँच मिनेटको समय दिएर बोल्न लगाएका थिए।

उनीहरूले बोलसकेपछि सभामुख सापकोटाले ४२ वटा विचाराधीन विधेयक अघि बढाउने, आमनागरिकका समस्या जनप्रतिनिधिहरुले सुनाउने, ती समस्या समाधानका उपाय अपनाउने, सरकारलाई संसदप्रति उत्तरदायीि बनाउने कानुन निर्माण र निगरानी गर्ने कार्यमा संसद अवरोधले प्रभावित बन्न पुगेको भन्दै संसद अवरोध अन्त्य गर्न आग्रह गरे। 

४२ वटा विचाराधीन विधेयक पास गरी राज्य सञ्चालनमा सहयोग गर्नु सबैको दायित्व भएको उनले बताए। संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएको, जनता रा राष्ट्रका समस्या छलफल गर्न नपाएकोमा आफूलाई  सांसदहरूले पटकपटक ध्यानाकर्षण गराएको उनले बताए। 

संसदलाइ प्रभावकारी बनाउन आम रूपमा प्रश्न उठिरहेको भन्दै उनले अवरोध अन्त्यका लागि अग्ह गरेका हुन्। एमालेले गत भदौदेखि संसद बैठकमा अवरोध सिर्जना गर्दै आइरहेका छन्। उनीहरुले सभामुखको राजीनामाको माग गर्दै आएका छन्।

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्