प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको अवरोध
काठमाडौं, फागुन २९ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै अवरुद्ध गरेका छन्।सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका...
काठमाडौं, फागुन २९ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै अवरुद्ध गरेकाे छ।
सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमालेका सांसदहरूले आफ्नो स्थानबाठ उठेर गई वेल घेराउ गरी नाराबाजी गरेका हुन्।
एमालेले गत भदौदेखि संसद बैठकमा अवरोध सिर्जना गर्दै आइरहेका छन्। उनीहरुले सभामुखको राजीनामाको माग गर्दै आएका छन्।
पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको आरोप एमालेले सभामुखमाथि लगाउँदै अहाएको छ। सभामुखले एमालेबाट निष्कासित १४ सांसदलाई कारबाही गर्नुपर्ने अन्यथा आफ्नो पदबाट राजीनामा दिनुपर्ने अडानमा एमाले रहँदै आएको छ।
प्रकाशित मिति: १३:२८ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











