प्रतिनिधिसभाको बैठक सुरू
काठमाडौं, फागुन २९ : प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ।सभामुख अग्नि सापकोटाले आज (आइतबार) को बैठक तोकिएको समयभन्दा केही...
काठमाडौं, फागुन २९ : प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ।
सभामुख अग्नि सापकोटाले आज (आइतबार) को बैठक तोकिएको समयभन्दा केही ढिला गरी सुरु गरेका हुन्।
आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन, २०७८ पेस गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै सभामुख सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने अर्को सम्भावित कार्यसूची पनि रहेको छ।
सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। त्यसमाथि निर्णय गर्न यसअघकिो बैठकमा संसीय छानबिन समिति गठन गरिसकिएको छ।











