Kathmandu Press

सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसघ, फागुन २९ : संयुक्त राष्ट्रसंघले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघले पछिल्ला केही दिनमा डार्फोरमा जारी रहेका हिंसाको...
सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसघ, फागुन २९ : संयुक्त राष्ट्रसंघले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघले पछिल्ला केही दिनमा डार्फोरमा जारी रहेका हिंसाको तत्कालै अन्त्य हुनुपर्ने पनि बताएको छ।

केही समयदेखि यहाँ जारी रहेको हिंसाले धेरै नागरिकको ज्यान गएको भन्दै यसको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा संयुक्त राष्ट्रसंघले जोड दिएको हो।

सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले शनिबार सो आग्रह गरेको हो। सो मिसनले विज्ञप्ति प्रकाशन गरेर यहाँका सबै पार्टीहरुलाई हिंसा त्यागेर शान्तिपूर्ण वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो। यसअघि गत हप्तामात्र पनि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघको मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको बताएका थिए।

महासचिव गुटर्रेसले भनेको थिए, 'सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौ, हालैका दिनमा भएका प्रदर्शनमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौं। यहाँ नागरिक प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न संयुक्त राष्ट्रसंघले आग्रह गर्दै आएको छ।

सुडानमा राजनीतिक संकट गहिरिँदै जाँदा आन्दोलन चर्किएको छ। जसका कारण यहाँ प्रतिदिन हिंसा भएका समाचार आइरहेका छन्।

प्रकाशित मिति: १२:५० बजे, आइतबार, फागुन २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्