२१ महिने नाबालिका मृत्यु प्रकरण : दुई जना पक्राउ, आजै सार्वजनिक गरिने
काठमाडौं, फागुन २९ : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा २१ महिने नाबालिका मृत्यु भएको घटनामा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ...
काठमाडौं, फागुन २९ : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा २१ महिने नाबालिका मृत्यु भएको घटनामा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ परेका दुई व्यक्तिलाई आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।
शुक्रबार साँझ घरबाट हराएकी नाबालिका घरनजिकैको झाडीमा अचेत अवस्थामा फेला परेकी थिइन्। अचेत अवस्थामा फेला परेपछि नाबालिकाको उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज पुर्याइएको थियो। शनिबार बिहान उनको मृत्यु भएको थियो।
योनाङ्ग रक्ताम्य भएको अवस्थामा भेटिएकी बालिकाको बलात्कार भएको आशंका गरिएको छ।
आज दिउँसो २ बजेपछि पत्रकार सम्मेलन गरी आरोपी सार्वजनिक गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिएका छन्।
प्रकाशित मिति: १२:१७ बजे, आइतबार, फागुन २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











