Kathmandu Press

एमसिसीको विरोध गर्दै एमालेमा प्रवेश गर्नु विचित्र : प्रचण्ड

काठमाडौं, फागुन २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विरोध गर्दै पार्टी छाड्नेहरुप्रति कडा टिप्पणी गरेका छन्। बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा...
एमसिसीको विरोध गर्दै एमालेमा प्रवेश गर्नु विचित्र : प्रचण्ड

काठमाडौं, फागुन २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीको विरोध गर्दै पार्टी छाड्नेहरुप्रति कडा टिप्पणी गरेका छन्। बिराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसिसीको विरोध गर्दै एमालेमा प्रवेश गर्नु विचित्र रहेको बताएका हुन्। 

माओवादी केन्द्रकै कारण एमसिसी व्याख्यात्मक घोषणासहित संसदबाट पास भएको बताउँदै यसलाई मिनिमाइज नगर्न चेतावनी समेत दिएका छन्। नेकपा एमाले एमसिसीको पक्षमा रहेको र माओवादी भित्र एमसिसीको विरोध गर्नेहरु एमाले प्रवेश गरेप्रति आफू अचम्मित भएको बताएका छन्। 

एमाले एमसिसीमा कुनैपनि संसोधन नगरी पास गर्नुपर्छ भन्ने पार्टी हो। एमसिसी पास गरिएको विरोधमा पार्टी छाड्ने र एमालेमा प्रवेश गर्नु अत्यन्तै विचित्र छ,’उनले भने, ‘यो भन्दा विचित्र के हुन्छ? जानु नि बरु किरणजी, विप्लवकहाँ । नभए नारायणमान विजुक्छे कहाँ जानू ।’

अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित पास भएको एमसिसीबारे पार्टीभित्र बहस जारी रहेको बताएका छन्। पार्टीमा फरक मत राख्नेहरुलाई पनि सम्मानजनक रुपमा लिइएको र त्यसबारे निर्वाचनपछि व्यापक छलफल समेत गरिने बताए। 

उनले व्याख्यात्मक घोषणालाई मिनिमाइज गरिए आन्दोलनमा जाने चेतावनी समेत दिएका छन्। ‘व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा मिनिमाइज गरियो भने त्यही विषय भोलि आन्दोलनको विषय हुनसक्छ । हामी चाहन्छौं त्यस्तो नहोस् । व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा जाने विश्वास लिएका छौं ।’

प्रकाशित मिति: ११:३१ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्