Kathmandu Press

माधव नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै 

काठमाडौं, फागुन २९ : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित भएका १४ जना सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ। एमालेले निष्कासन गरेपनि सभामुख अग्निप्रसाद...
माधव नेपालसहित १४ जना सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदै 

काठमाडौं, फागुन २९ : नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित एमालेबाट निर्वाचित भएका १४ जना सांसदविरुद्धको मुद्दामा आज सुनुवाई हुँदैछ। 

एमालेले निष्कासन गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिई गैरकानूनी भूमिका निर्वाह गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

आइतबार सर्वोच्चका न्यायाधीशहरु ईश्वर खतिवडा र कुमार चुँडालको इजलासले सुनुवाई गर्ने भएको छ। सर्वोच्चले उक्त मुद्दामा पटकपटक पेशी सार्दै आएको छ। 

सर्वोच्चले मुद्दाको सुनुवाई नगर्दा प्रतिनिधि सभा बैठकमा एमालेले लगातार अवरोध गर्दै आएको छ। पार्टीको केन्द्रीय कमिटीले गरेको कारवाहीलाई सभामुखले मान्यता नदिई पार्टी फुटाउन भूमिका खेलेका एमालेको आरोप छ।

एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।

अदालतले ओलीको मागअनुसार अन्तरिम आदेश दियो भने नेकपा एसका सांसदहरू माधव नेपाल, मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणी चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनको सांसद पद रहने छैन ।

 


 

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्