Kathmandu Press

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा कम्तीमा ६० व्यक्तिको मृत्यु

दक्षिणपूर्वी कङ्गोमा रेल दुर्घटना हुँदा कम्तीमा ६० व्यक्तिको मृत्यु

किन्शासा, फागुन २८ : प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छ ।

लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भन्नुभयो, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको पुष्टि भएको छ।

घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ। सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ। जीर्ण रेलमार्गको अवस्थाको कारण देशको यस भागमा रेल दुर्घटनामा परी हरेक बर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ।

प्रकाशित मिति: २०:२१ बजे, शनिबार, फागुन २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्