Kathmandu Press

भारतमा चौबिस घन्टामा थपिए साढे तीन हजार कोरोना संक्रमित 

नयाँ दिल्ली, फागुन २८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै...
भारतमा चौबिस घन्टामा थपिए साढे तीन हजार कोरोना संक्रमित 
Hardik ivf

नयाँ दिल्ली, फागुन २८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।  

संघीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १५ हजार ८०३ रहेको छ । ती मध्ये ८९ जनाको भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्। 

पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ।  

प्रकाशित मिति: १७:३२ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्