Kathmandu Press

भ्रष्टाचार आरोपमा पाकिस्तानका विपक्षी दलका नेता पक्राउ

भ्रष्टाचार आरोपमा पाकिस्तानका विपक्षी दलका नेता पक्राउ
Hardik ivf

कराँची, फागुन २८ :  पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ। पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल—एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो  ।

उनलाई शुक्रबार कराँचीबाट पक्राउ गरिएको सरकारी अधिकारीहरुले पुष्टि गरेको स्थानीय समाचार संस्थाहरुले जनाएका छन् । नेता खान विमान चढेर भागेर संयुक्त अरब इमिरेट्स प्रस्थान गर्न लागेको बेला पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । 

उनलाई भ्रष्टाचारको आरोप लगाउदै पक्राउ सूचीमा यसअघि नै राखिएको थियो । पक्राउ गरिएपछि अब अरु कानुनी प्रक्रिया सुरु हुने अधिकारीहरुको भनाई छ। 

प्रकाशित मिति: १७:२८ बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्