कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित
जनकपुर, फागुन २८ : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पञ्जियार निर्वाचित भएका छन्।गएराति सम्पन्न मतगणना अनुसार सन्तोष यादवलाई पराजित गर्दै पञ्जियार विजयी भएका...
जनकपुर, फागुन २८ : नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्।
गएराति सम्पन्न मतगणना अनुसार सन्तोष यादवलाई पराजित गर्दै पजियार विजयी भएका हुन्। दोस्रो चरणको निर्वाचनमा पञ्जियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका छन्।
निर्वाचनमा ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले बताए। तीन हजार १७३ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मतदाता मात्रै मतदानमा सहभागी भए।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्यासीले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा पञ्जियार र यादवबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको निर्वाचनमा पजियारले सर्वाधिक मत ल्याउँदा यादव दोस्रो स्थानमा थिए।
तेस्रो मत ल्याउने दिनेश प्रसैला दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए। उनले पञ्जियारलाई समर्थन गर्ने घोषणा गरेका थिए।











