मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
चितवन, फागुन २८ : चितवनको ईच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।दुर्घटनामा ईच्छाकामना २ का ३४ वर्षीय...
चितवन, फागुन २८ : चितवनको ईच्छाकामना गाउँपालिका २ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा ईच्छाकामना २ का ३४ वर्षीय रविन गुरुङ‚ ३० वर्षीया तृप्ति गुरुङ र पाँच वर्षीय आर्यन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। रविन मोटरसाइकल चलाइरहेका थिए भने तृप्ती र आर्यन पछाडि सवार थिए।
रविनले चलाएको प्रदेश २-०३-००२ प ५९८६ मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय, टाँडीका प्रहरी निरीक्षक रोशन खड्काले बताए। शुक्रबार साँझ भएको दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए।
उनका अनुसार तृप्ति र आर्यन आमाछोरा हुन्। रविन उनीहरुका आफन्त हुन्।
प्रकाशित मिति: ०६:४९ बजे, शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











