Kathmandu Press

यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको भनाइ

मस्को, फागुन २७ : रूसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ।अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको...
यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको भनाइ

मस्को, फागुन २७ : रूसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै विद्यालय, अस्पताल र घनाबस्तीका शहरलाई आक्रमणको निशाना बनाएर भग्नावशेषमा परिणत गरिदिएको भन्ने समाचारहरू आइरहेका समय यूक्रेनी अस्पतालमा रूसले कुनै आक्रमण नगरेको बताएको हो।

Hardik ivf

यूक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले पनि बुधबार अस्पतालमा भएको बम विष्फोटमा एक बालकसहित तीन जनाको मृत्यु भएको बताएका थिए। त्यसलाई रुसले भने अस्वीकार गरेको हो।

यसैबीच, यूक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लयादिमिर पुटिनले आत्मविश्वासका साथ झुठो बोल्ने गरेका पनि आरोप लगाएका छन। रूसले यूक्रेनमाथि आक्रमण गर्न सुरु गरेपछि विश्वभर रूसको आलोचना भइरहेको छ। १५ लाख भन्दा बढी यूक्रेनी नागरिक रुसी आक्रमणबाट जोगिन आफ्नो देश छोडेर छिमेकी मुलुकमा पुगेका छन्।

प्रकाशित मिति: २०:४३ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्