Kathmandu Press

कांग्रेसकाे एक महिने चुनावी अभियान : ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाइयाे, को कहाँ (सूचीसहित) 

कांग्रेसकाे एक महिने चुनावी अभियानका लागि ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजीव ढुंगाना, इलाममा सरिता प्रसाईँ, संखुवासभामा सीता गुरुङ, धनकुटामा रामहरी खतिवडालाई पठाइएको छ।
कांग्रेसकाे एक महिने चुनावी अभियान : ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाइयाे, को कहाँ (सूचीसहित) 

काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसले एक महिने चुनावी अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाएको छ। आगामी वैशाख ३० गतेदेखि सुरु हुने स्थानीय तहको निर्वाचनको तयारी र प्रचारप्रसारका लागि कांग्रेसले देशभरका जिल्लाहरुमा केन्द्रीय नेता खटाएको हो। 

‘घरघर जाऔंं, कांग्रेस जिताऔं’ अभियानका लागि केन्द्रको निर्देशनानुसार नेताहरु धमाधम जिल्ला पुगेका छन्। प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवाले देशका ७५३ स्थानीय तहका सम्पूर्ण वडाहरुमा परिचालन हुन केन्द्रीय नेताहरुलाई निर्देशन दिएबमोजिम नेताहरु जिल्ला जिल्ला पुगेका हुन्। 

जसअनुसार ताप्लेजुङमा तारामान गुरुङ, पाँचथरमा राजीव ढुंगाना, इलाममा सरिता प्रसाईँ, संखुवासभामा सीता गुरुङ, धनकुटामा रामहरी खतिवडा, भोजपुरमा शुशीला शर्मा ढकाल, झापामा उमेशजंग रायमाझी, धनुषामा मन्जु खाण, दोलखामा हरिशरण नेपाली, रामेछापमा कुन्दनराज काफ्ले, चितवनमा अब्दुल सतार, मकवानपुरमा गुरुराज घिमिरे, भक्तपुरमा जीतजंग बस्नेत, काठमाडौंमा मोहनबहादुर बस्नेत रहेका छन्। 

सूची हेर्नुहोस् :  

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्