दशैंमा नुबियाको रेड म्याजिक ३ स्मार्ट फोन लञ्च हुने
काठमाडौं, असोज ९ : नुबिया ब्राण्डले नेपाली उपभोक्तालाई ध्यानमा राख्दै नयाँ मोडलको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले नुबिया रेड म्याजि....

काठमाडौं, असोज ९ : नुबिया ब्राण्डले नेपाली उपभोक्तालाई ध्यानमा राख्दै नयाँ मोडलको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले नुबिया रेड म्याजिक ३ स्मार्टफोन दशैंको अवसरमा सार्वजनिक गरी विक्री सुरू गर्ने तयारी गरेको छ।
नेपाली बजारमा नुबियाका फोनहरु आधिकारिकरुपमा आयात तथा विक्री गर्ने आईटिपी नेपाल प्रालिले दशैंलाई ध्यानमा राखेर नयाँ स्मार्टफोन ल्याउन लागेको हो। कम्पनीले नुबिया रेड म्याजिक ३ गत मे महिनामा लञ्च गरेको थियो। विशेषगरी स्मार्टफोनमा गेम मन पराउनेहरुका लागि यो मोडलको फोन निकै उपयुक्त छ।
यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५५ अक्टाकोर प्रोसेसर राखिएको छ भने लिक्विड कुलिंगका साथै इन्टरनल फ्यान पनि रहेको छ। यसमा एड्रेनो ६४० जीपीयु रहेको छ।
फोनमा ६.६५ इन्चको फूलएचडी प्लस एमोलेड डिस्प्ले राखिएको छ। जसमा ९० हर्जको रिफ्रेस रेटसहितको स्क्रिन छ। यसको रिजोलुशन १०८० र २३४० पिक्सेल रहेको छ। डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लासले सुरक्षित पारिएको छ।
फोनमा गेम परफरमेन्सलाई उत्कृष्ट बनाउनका लागि फ्रन्ट फायरिंग स्टेरियो स्पिकर राखिएको छ। यसमा गेमका लागि डेडिकेटेड गेमिङ मोड पनि रहेको छ।
फोनमा ५,००० एमएएचको ब्याट्री प्याकका साथमा क्विक चार्ज फोर प्लस चार्जिङ टेक्नोलोजी पनि छ। यसमा ४८ मेगापिक्सेलको रियर क्यामरा तथा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ।
यो फोनको तीनवटा भेरिएन्टहरु ६ जीबी र्याम ६४ जीबी स्टोरेज, ८ जीबी र्याम १२८ जीबी स्टोरेज तथा १२ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेका छन् ।
यो स्मार्टफोनको बजार मुल्य ५९ हजार ९ सय ९९ रहेको छ । अहिले यो स्मार्ट फोन दराज डटकम मार्फत अनलाईन अर्डर गर्न सकिन्छ । यो कालो र राटो दुई कलरमा उपलव्ध छ ।










-1754206481.jpg)
