Kathmandu Press

साढे ७ अर्ब बिगो दाबी गर्दै बोटलर्स नेपालविरुद्ध करछलीको मुद्दा 

काठमाडौं, फागुन २७ : राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु सात अर्ब...
साढे ७ अर्ब बिगो दाबी गर्दै बोटलर्स नेपालविरुद्ध करछलीको मुद्दा 

काठमाडौं, फागुन २७ : राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै शुक्रबार मुद्दा दायर गरेको हो । 

बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट  तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको हो । 

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा उल्लेख छ। 

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्