Kathmandu Press

उत्पीडनमा परेका समुदायको उत्थानका लागि सधैं प्रतिबद्ध छु : मन्त्री आले

काठमाडाैं, फागुन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।नेपाल दलित साहित्य तथा संस्कृति...
उत्पीडनमा परेका समुदायको उत्थानका लागि सधैं प्रतिबद्ध छु : मन्त्री आले

काठमाडाैं, फागुन २७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरुले देखाएको बाटोमा आफु सदैव हिँड्ने र जनताका लािग काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट पारे।

मन्त्री आलेले दलित, जनजाति समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैं प्रतिबद्ध रहेको धारणा राखे।

दलित समुदायको वृत्ति विकास, हकहितका लागि आवश्यक बजेट व्यवस्थापनदेखि अन्य कुराहरुको सहयोगका लागि मन्त्रालय सधँै सकारात्मक रही काम गर्ने उनले बताए।

कार्यक्रममा नेपाली साहित्यका माध्यमबाट जातीय विभेद तथा असमानताका बिरुद्ध काम गर्ने तीनजनालाई सम्मान प्रदान गरिएको थियो।

 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्