Kathmandu Press

नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मलहोत्रा निर्वाचित

काठमाडौं, फागुन २७ : मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवर्धनमा योगदान गर्दै आएको नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको ११औँ वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५...
नेपाल-भियतनाम उद्योग वाणिज्य संघको अध्यक्षमा मलहोत्रा निर्वाचित

काठमाडौं, फागुन २७ : मुलुकको सामाजिक, कृषि, व्यापार तथा पर्यटन प्रवर्धनमा योगदान गर्दै आएको नेपाल-भियतनाम उद्योग वाणिज्य सङ्घको ११औँ वार्षिक साधारणसभाले दीपक मलहोत्राको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
    
सङ्घको बिहीबार सम्पन्न साधारणसभाले आगामी तीन वर्षका लागि पूर्वसहायकमन्त्री राजेशकाजी श्रेष्ठसहित २५ जनालाई कार्यसमितिमा निर्वाचित गरेको हो। 

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवकुमार श्रेष्ठ, उपाध्यक्षद्वयमा सुरेशमान श्रेष्ठ र जनक शर्मा पौडेल, महासचिवमा गोपालदास मानन्धर र कोषाध्यक्षमा कविकुमार तिवडेवाल निर्वाचित भएका हुन्।

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्