Kathmandu Press

प्रस्ताव गरेकै चुनाव चिन्ह पाउनुपर्ने साना दलहरुकाे माग

काठमाडाैं, फागुन २७ : विभिन्न दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा खर्च गर्न पाउने अधिकतम सीममा विषयमा निर्वाचन आयोगसँग प्रश्न उठाएका छन्।निर्वाचन आयोगले स्थानीय...
प्रस्ताव गरेकै चुनाव चिन्ह पाउनुपर्ने साना दलहरुकाे माग

काठमाडाैं, फागुन २७ : विभिन्न दलका नेताहरुले स्थानीय तहको निर्वाचनमा खर्च गर्न पाउने अधिकतम सीममा विषयमा निर्वाचन आयोगसँग प्रश्न उठाएका छन्।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा क्रममा उनीहरुले निर्वाचनका क्रममा हुने खर्चको सीमा बढाउनुपर्ने र खर्चको नियमनका विषयमा प्रश्न गरेका हुन्।

त्यस्तै साना दलहरुका प्रतिनिधिहरुले निर्वाचनका लागि माग गरिएको चुनाव चिन्ह पाउनुपर्ने बताएका थिए। साथै उनीहरुले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउनुपर्ने सुझाव दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै राष्ट्रिय मान्यता प्राप्त दलबाहेक ७३ दलले आफूले प्रस्ताव गरेको चुनाव चिन्ह पाउनुपर्ने माग गरेको र कानुनमा भएको व्यवस्थाअनुसार नै अघि बढ्ने जानकारी गराएको उनले बताए। निर्वाचनलाई मितव्ययी बनाउन चुनाव खर्च खटाउने प्रस्ताव गरेको र दलहरुको सकारात्मक सुझाव प्राप्त भएको पौडेलले बताए।

छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रबन्ध हुनुपर्ने बताए। निर्वाचन प्रचारप्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्युरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको उनको भनाइ छ।

त्यस्तै लोसपाका नेता केशव झाले मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सकारात्मक रहेको बताए। उनले मतपत्रको रङ हरियो राख्नुको कारण आयोगले जानकारी गराएपछि विवाद नभएको उल्लेख गरे।

त्यस्तै राप्रपाका नेता भुवन पाठकले निर्वाचनमा आफूहरुले दर्ता गराएको चूनाव चिन्ह नै पाउनुपर्ने बताए। उन निर्वाचनमा भाग लिने कुनै पनि दललाई भेदभाव गर्न नहुने जिकिर गरे।

त्यस्तै एमालेका प्रतिनिधिहरुले मतपत्रमा चुनाव चिह्न हरियो बनाइएको भन्दै आयोगको ध्याकर्षण गराएका थिए। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले तीव्र रुपमा तयारी भइरहेको पनि जनाएको छ। 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्