साउदी अरबका विदेशमन्त्री दुईदिने भ्रमणका लागि नेपाल आउँदै
काठमाडौं, फागुृन २७ : साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल आउने भएका छन्। उनी यही फागुन ३० गते दुई दिने भ्रमणमा...
काठमाडौं, फागुृन २७ : साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल आउने भएका छन्। उनी यही फागुन ३० गते दुई दिने भ्रमणमा लागि नेपाल आउने भएका हुन्।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यही फागुन ३० गतेदेखि चैत १ गतेसम्म साउदीका विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने जानकारी दिए। उनी जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन्।
मन्त्रिपरिषदले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको छ।
मन्त्री कार्कीका अनुसार नेपाल र साउदी अरब सरकारबीच हुने सहयोग सम्झौताको मस्यौदा स्वीकृत गरी नेपालकोतर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिइएको छ
प्रकाशित मिति: १५:४८ बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











