Kathmandu Press

मरेपछि पनि मलाई सम्झिरहुन् भन्ने इच्छा छैन : ओली 

काठमाडौं, फागुन २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मरेपछि पनि सबैले सम्झिरहुन् भन्ने इच्छा आफूमा नरहेको बताएका छन्। प्रेस चौतारीको नवौं महाधिवेशनको...
मरेपछि पनि मलाई सम्झिरहुन् भन्ने इच्छा छैन : ओली 

काठमाडौं, फागुन २७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मरेपछि पनि सबैले सम्झिरहुन् भन्ने इच्छा आफूमा नरहेको बताएका छन्। प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनकाे समारोहलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्। 

मानिसहरु मरेपछि पनि दुनियाँले सम्झिरहुन् भन्ने इच्छा राख्ने तर आफूमा भने त्यस्तो इच्छा नभएको बताएका हुन्। उनले मरिसकेको मान्छेलाई सम्झिनु समयको बर्बादी मात्रै रहेको पनि बताएका छन्। 

‘मरिसकेको मान्छेलाई सम्झिनुभन्दा आफ्ना छोराछोरीलाई  राम्रा शिक्षादिक्षा दिउन्, समाजका लागि राम्रा काम गरुन्, मरिसकेको मान्छेलाई सम्झिएर बेकारमा समयको बर्बाद !’ उनले भने। 

उनले अतितमुखी नहुन र भविष्यका लागि काम गर्न पनि आग्रह गरेका छन्। ‘सम्झिएर एक घोगो मकै फल्छ ? एक बाला धान फल्छ ? एक मानो दुध आउँछ  सम्झिएर ? केही हुन्छ सम्झिएर ? एउटा फूल फुल्छ सम्झेर ? सम्झिएर केही हुनेवाला छैन। भविष्यका लागि काम गर, अतितमुखी नहोउ, सम्झिने झन्झट छोड्देउ,’ उनले भने। 
 

प्रकाशित मिति: १४:२३ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्