आयाल निगमको कार्यकारी निर्देशकमा थानी
काठमाडौंं, फागुन २७ : सरकारले नेपाल आयाल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक...
काठमाडौंं, फागुन २७ : सरकारले नेपाल आयाल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको छनोट समितिले इन्जिनियर उमेरप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम छनोट गरेर मन्त्रालयलाई सिफारिस गरेको थियो।
दुई महिनायता निगम कार्यकारी निर्देशकविहीन अवस्थामा थियो। तीन वर्षे कार्यकाल पूरा गरेर पुस २२ गते निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बिदा भएका थिए।
पौडेल बिदा भएपछि निगमले पदपूर्तिका लागि गरेको सूचनाअनुसार निगमको कार्यकारी निर्देशक बन्न १८ जनाले आवेदन दिएका थिए।











