Kathmandu Press

एमसिसीकाे ग्लोबल टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यावसायीलाई प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री देउवाले निर्माण व्यवसायी महासंघले मुलुकको विकासमा पुर्‍याएको योगदानको सराहना पनि गरे। निर्माण क्षेत्रमा देखा परेका समस्या र चुनौतीको समाधानमा निरन्तर प्रयास भइरहेको उनले बताए।
एमसिसीकाे ग्लोबल टेन्डरमा प्रतिस्पर्धा गर्न निर्माण व्यावसायीलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडाैं, फागुन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतामार्फत बन्ने विद्युत प्रसारण लाइन निर्माणको ठेक्कामा प्रतिस्पर्धा गर्न नेपाली निर्माण व्यावसायीलाई आग्रह गरेका छन्।

आज (शुक्रबार) नेपाल निर्माण व्यावसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले एमसिसी सम्झौताबाट प्राप्त हुने रकमले बन्ने विद्युत प्रसारण लाइनका लागि गरिने ग्लोबल टेन्डरमा भाग लिन आग्रह गरेका हुन्।

‘एमसिसीमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा (ग्लोबल टेन्डर) हुन्छ। तपाईहरूले (नेपालका निर्माण व्यावसायी) ले पनि बिडिङमा हिम्मत गरे हुन्छ,’ उनले भने, ‘एमसिसीको बिडिङमा सफल हुनुहोस्। सबभन्दा बढी म खुसी हुनेछु।’

अमेरिकी सरकारलाई एमसिसी बिडिङ अन्तर्राष्ट्रिय रुपमा गराउनुपर्ने बाध्यता भएको, त्यसमा जुनसुकै देशका छिमेकी देश चीन र भारतका निर्माण व्यावसायी पनि आउन सक्ने र नेपालका निर्माण व्यवसायीसमेत सहभागी हुन सक्ने उनकाे भनाइ थियाे। 

प्रधानमन्त्री देउवाले निर्माण व्यवसायी महासंघले मुलुकको विकासमा पुर्‍याएको योगदानको सराहना पनि गरे। निर्माण क्षेत्रमा देखा परेका समस्या र चुनौतीको समाधानमा निरन्तर प्रयास भइरहेको उनले बताए।    

निर्माण व्यवसायलाई विशिष्टीकृत बनाउँदै लगी नेपालको निर्माण व्यवसायलाई गुणस्तरीय तुल्याउन महासंघ निरन्तर क्रियाशील रहने विश्वास पनि उनले व्यक्त गरे।  

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्