हुथी विद्रोहीको हिंसामा परी ६ बालबालिकाको ज्यान गयो
आदेन, फागुन २७ : यमनमा गएको २४ घन्टायता मात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि ६ बालबालिकाको ज्यान गएको छ।यमनको...
आदेन, फागुन २७ : यमनमा गएको २४ घन्टायता मात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि ६ बालबालिकाको ज्यान गएको छ।
यमनको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरुले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणहरुमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि ६ जना बालबालिका मारिएका बताएको छ ।
ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीहरुले हिंसात्मक गतिविधिलाई बढावा दिएका पनि बताएका छन्। यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीहरुले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ।
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












