स्थानीय तहको निर्वाचन तयारीबारे आयोग र राजनीतिक दलबीचको छलफल जारी
काठमाडौं, फागुन २७ : निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल सुरु भएको छ। स्थानीय तहको निर्वाचन तयारीका बारेमा आयोगले दलहरुसँग छलफल सुरु गरेको हो। निर्वाचनका...काठमाडौं, फागुन २७ : निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको छलफल सुरु भएको छ। स्थानीय तहको निर्वाचन तयारीका बारेमा आयोगले दलहरुसँग छलफल सुरु गरेको हो।
निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम छ।
पछिल्लो समय मतपत्रको रङका विषयमा भएको विरोधका विषयमा पनि छलफल हुने बताइएको छ। संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिहरू र आयोग छलफलमा छन् ।
आगामी स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् । यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा ८० दलले दर्ताका लागि निवेदन दिएका थिए । जसमध्ये ५७ दलले मात्र भाग लिएका थिए। उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको मात्र स्थानीय तहमा प्रतिनिधित्व छ।
प्रकाशित मिति: १३:१० बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











