Kathmandu Press

सुनको मूल्यमा ६०० रूपैयाँ वृद्धि

सुनको मूल्यमा ६०० रूपैयाँ वृद्धि

काठमाडाैं, फागुन २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ६०० ले बढेर रु. १ लाख २ हजार ६ सय पुगेको छ। पहेंलो धातु बिहीबार प्रतितोला रु. १ लाख २ हजारमा कारोबार भएको थियोे। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. १ लाख २ हजार १०० तोकिएको छ।

यसको मूल्य बिहीबार प्रतितोला रु एक लाख एक हजार ५०० थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर १ हजार ४ सय १५ पुगेको महासंघले जनाएको छ।

बजारमा यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला रु. १ लाख १ हजार ९ सयमा किनबेच भएको सुन बुधबार भने हालसम्मकै महँगो हुँदै रु. १ लाख ५ हजार ५ सय पुगेको थियो।

महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९ सय ८८ डलर आसपासमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्