Kathmandu Press

ताप्लेजुङ आगलागी : दुई घर जलेर नष्ट, ६७ वर्षीया वृद्धाको मृत्यु (अपडेट) 

आगलागीमा परि मैयाँखोला गाउँपालिका–१ घर भई  फुङलिङ नगरपालिका–४ कोप्चेमा डेरा गरि बस्दै आएकी ६७ वर्षीया वृद्धाको मृत्यु भएकाे हाे।
ताप्लेजुङ आगलागी : दुई घर जलेर नष्ट, ६७ वर्षीया वृद्धाको मृत्यु (अपडेट) 

काठमाडौं, फागुन २७ : ताप्लेजुङको फुङलिङमा भएको आगलागीमा एक वृद्धाको मृत्यु भएको छ।  

मैयाँखोला गाउँपालिका–१ घर भई  फुङलिङ नगरपालिका–४ कोप्चेमा डेरा गरि बस्दै आएकी ६७ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी हवलदार मनिष देवानले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।

उनी दमको बिरामी रहेको उपचारका लागि ताप्लेजुङ बस्दै आएकी थिइन्। आगलागीबाट उनको टाउको सामान्य जलेको र बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको हवलदार देवानले बताए। ‘अस्पताल पुर्याइएपछि चिकित्सकले मृत्यु भइसकेको घोषणा गर्नुभयो,’ उनले भने। 

आगलागीबाट १६ वर्षीया रेविना लिम्बु घाइते सामान्य घाइते भएकी र उनको उपचार जारी रहेको बताइएको छ। 

आगलागी पूर्ण रुपमा नियन्त्रणमा 

कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी शुरु भएको थियो । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी सँगै  फुङलिङ नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । 

हवलदार देवानका अनुसार अहिले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ। ‘आगलागीबाट दुई घरमा क्षति पुगेको छ। एक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ अर्को घरमा सामान्य क्षति पुगेको छ,’ हवलदार देवानले भने,‘ क्षतिको विवरण केहीबेरपछि आउँछ।’
 

प्रकाशित मिति: १०:३९ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्