Kathmandu Press

पूर्वी रुकुममा ओडारभित्र लुकाई राखेको अवस्थामा एक दर्जन सकेट बम फेला 

काठमाडौं, फागृुन २७ : रुकुमपूर्वको जंगलमा एक दर्जनभन्दा बढी सकेट बम फेला परेको छ। सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलको ओडारमा सकेट बम फेला परेको हो...
पूर्वी रुकुममा ओडारभित्र लुकाई राखेको अवस्थामा एक दर्जन सकेट बम फेला 

काठमाडौं, फागृुन २७ : रुकुमपूर्वको जंगलमा एक दर्जनभन्दा बढी सकेट बम फेला परेको छ। सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलको ओडारमा सकेट बम फेला परेको हो । बिहीबार दिउँसो गाई चराउन जंगल गएका एक स्थानीयले शंकास्पद बस्तु देखेपछि वडाध्यक्षलाई जीवन केसीलाई जानकारी गराएका थिए। 

शंकास्पद वस्तु फेला परेको सूचना पाएपछि वडाध्यक्ष केसीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि घटनास्थल पुगेको प्वाङ इलाका प्रहरी कार्यालयको टोलीले उक्त शंकास्पद बस्तु सकेट बम भएको पुष्टि गरेको थियो । १० लिटरको कालो ड्रमभित्र सकेट बम रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। 

ड्रम भित्र र बाहिर गरि करिब एक दर्जन सकेट बम फेला परेको प्रहरीले जानकारी दिएको छ।  बम डिस्पोजका लागि शुक्रबार विहान नेपाली सेना नर्सिङ्ग दल गुल्मको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन्। उक्त बम जनयुद्धकालमा  तत्कालीन माओवादीले लुकाई राखेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १०:०९ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्