Kathmandu Press

पृथ्वी जयन्तीमा बिदा नदिएको भन्दै कमल थापा रुष्ट

काठमाडौं, फागुन २७ : सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा रुष्ट बनेका...
पृथ्वी जयन्तीमा बिदा नदिएको भन्दै कमल थापा रुष्ट

काठमाडौं, फागुन २७ : सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा रुष्ट बनेका छन् ।

शुक्रबार बिहान ट्वीट गर्दै थापाले भनेका छन्, ‘सरकारले सार्वजनिक गरेको २०७९ मा दिइने बिदामा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसलाई समावेश नगरेकोमा खेद प्रकट गर्दछु ।’

नेपाली नाम र पहिचान दिने महापुरुषको सम्मान गर्न कन्जुस्याइँ र हिनताबोध नगर्न भन्दै थापाले बिदाको माग गरेका हुन् । हरेक बर्ष २७ पुसमा  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइन्छ ।

सरकारले आगामी वर्ष २०७९ मा  शनिबारबाहेक विभिन्न पर्व दिवसका अवसरमा ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले १ वैशाखदेखि चैत मसान्तसम्म सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि शनिवारबाहेक ४३ दिन बिदा दिने निर्णय गरेको हो । 


 

प्रकाशित मिति: ०७:५९ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्