Kathmandu Press

शनिवार हुने भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको आदेश

काठमाडौं, फागुन २७ : उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ ।उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल...
शनिवार हुने भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको आदेश

काठमाडौं, फागुन २७ : उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार (भोली) हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हो ।

इजलासले चैत ६ गतेसम्म भन्सार एजेण्टको परीक्षा स्थगित गर्न भन्सार विभागलाई आदेश दिएको उच्च अदालत पाटनले जनाएको छ ।

उच्च अदालतको आदेशमा ‘भन्सार एजेन्टको दरखास्त आह्वान गर्दा नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सूचना निकाल्नु पर्नेमा सो बमोजिम प्रकाशित भएको नेदेखिदा भन्सार एजेण्टको परीक्षा दुवै पक्ष बीच छलफल नभए सम्मलाई स्थगित गर्नु’ भन्ने व्यहोरा उल्लेख छ ।

क्रिष्टिना थैवले गत वर्ष चैत १६ गते भन्सार विभागले प्रकाशित गरेको सूचना समावेशी नभएकाले परीक्षा रोक्न माग गर्दै विभागविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेकी थिइन् । 

प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्