निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै
काठमाडौं, फागुन २७ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ ।आयोगले छलफलका क्रममा...
काठमाडौं, फागुन २७ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबारे राजनीतिक दलहरुसँग आज छलफल गर्दै छ ।
आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउन र आवश्यक रायसुझाव लिन राजनीतिक दलहरुलाई बोलाएको हो ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका दुई–दुई जना प्रतिनिधिहरुलाई शुक्रबार बिहान ११ः३० बजे छलफलका लागि बोलाइएको आयोगले जनाएको छ ।
छलफलको क्रममा स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउने र दलहरुको अपेक्षाबारे रायसुझाव लिइने जनाईएको छ ।
आगामी स्थानीय तह निर्वाचनका लागि आयोगले ऋषि कट्टेल नेतृत्वको नेकपाबाहेक ७९ दललाई मान्यता दिएको छ ।
प्रकाशित मिति: ०७:२५ बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











