Kathmandu Press

जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय 

काठमाडौं, फागुन २७ : सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ ।मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको...
जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय 

काठमाडौं, फागुन २७ : सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको हो ।

अस्पताल निर्माणका लागि मन्त्रालयले एक कार्यदल मार्फत काम अघि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारले ५० वर्ष माथि उमेर समूहका नागरिकहरुको मिर्गौला, कलेजो, मुट लगायतका रोगहरुको नियमित परीक्षण बर्षको एकपटक निःशुल्क गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: ०७:०७ बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्