प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं, फागुन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्खुवासभाको मादीमा आज भएको बस दुर्घटनाले आफूलाई मर्माहत तुल्याएको बताएका छन् ।बिहिबार साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत...
काठमाडौं, फागुन २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्खुवासभाको मादीमा आज भएको बस दुर्घटनाले आफूलाई मर्माहत तुल्याएको बताएका छन् ।
बिहिबार साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री देउवाले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका हुन् ।
दुर्घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।
प्रकाशित मिति: ०६:५२ बजे, शुक्रबार, फागुन २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











