Kathmandu Press

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

बर्लिन, फागुन २६ : कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या जर्मनीमा दिन प्रति दिन बढ्दै गइरहेको छ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा जर्मनीमा दुई लाख ६२ हजार ७५२ जना सङ्क्रमित भएका छन्।

अघिल्लो हप्ताको तुलनामा झण्डै ५२ हजारभन्दा बढी सङ्क्रमित भएकाले सङ्क्रमणको दर तीब्र रूपले फैलिएको देखिएको छ।

त्यसैगरी भियतनाममा एक दिनमा एक लाख ६० हजार ६७६ जना सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो दिनको तुलनामा भने तीन हजार ९२० कम हो।

भियतनाममा फैलिएको कोरोनाभाइरसको महामारीको सबैभन्दा बढी प्रभाव राजधानी हनोइमै परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: २०:२३ बजे, बिहीबार, फागुन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्