Kathmandu Press

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ र उच्च अदालतमा लालबहादुर कुँवर सिफारिस

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ र उच्च अदालतमा लालबहादुर कुँवर सिफारिस

काठमाडाैं, फागुन २६ : उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। न्यायपरिषदले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हाे।

सर्वोच्च अदालतमा एक न्यायाधीशको पद खाली रहेअनुसार बिहीबार बसेको न्याय परिषदको बैठकले उक्त निर्णय गरेको हाे।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुने व्यवस्था छ।

प्रकाशित मिति: २०:०३ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्